info@nawayug.com

नवलपुरमा सवारी दुर्घटना: एकको मृत्यु

 कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०:५५ बजे ठोक्किएका थिए ।

दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएकामा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतकको नाम, थर, ठेगाना खुल्न भने बाँकी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया