भारतमा चलिरहेको शिक्षा सुधारसम्बन्धी आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पाटीले तेस्रो चरणको वार्ता अघि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा दिनु पर्ने बताएको छ ।
पार्टीका प्रवक्ता आशुतोष रांकाले सामाजिक सञ्जाल ‘एक्स’मा सरकारको तर्फबाट शिक्षामन्त्रीको राजीनामा आउँदैन भन्ने जवाफ आए वार्ताअगाडि बढाउनुको अर्थ नरहने बताउनुभएको हो । कक्रोच जनता पार्टी र सरकारबीच आज तेस्रो चरणको वार्ता हुने तय भएको थियो । यसअघि भएका दुई चरणका वार्तामा केही मागहरूमा दुवै पक्षबीच सहमति बनेको जानकारी सार्वजनिक भइसकेको छ ।
यसैबीच भारतीय लोकसभाका विपक्षी नेता राहुल गान्धीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई शिक्षा मन्त्रालयबाट हटाएर अर्को मन्त्रालय दिनेबारे छलफल भइरहेको सूचना आफूले पाएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । गएको सोमबार दिल्लीबाट सुरु भएको विद्यार्थी र कक्रोच जनता पाटीको प्रदर्शन भारतका विभिन्न राज्यमा फैलिएको छ ।
योग्यता तथा प्रवेश परीक्षा (नीट) को प्रश्न पत्र चुहावट प्रकरणलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com