काठमाण्डौं । सरकारले कार्यविभाजन नियमावली स्वीकृत गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रशासनिक र कानूनी प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश २०७९’ को संशोधन प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।
बैठकले भूमि व्यवस्थापनसँग सम्बन्धित कानूनी प्रावधानलाई परिमार्जन गर्दै ‘भूमिसम्बन्धी २१औँ संशोधन नियमहरू २०८३’ स्वीकृत गरेको मन्त्री तिमिल्सिनाले बताउनुभयो ।
मन्त्रिपरिषद्ले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा दुई जना प्रतिनिधिसभा सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । मनोनीत हुनेहरूमा सुशील खड्का र योगेश गौचन थकाली रहनुभएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com