info@nawayug.com

फेरि महँगियो सवारी भाडा

काठमाडौं। यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बडाएको छ । बुधबारदेखि नै लागु हुने गरी विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो ।

अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि गत चैत २५ गते पनि विभागले सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोही अनुसार सार्वजनिक सवारी साधनको भाडा बढाइएको विभागले जनाएको छ ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपियाँ छ । विद्युतीय सवारी साधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारी साधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।


प्रतिक्रिया