काठमाडौँ। नेकपा (एमाले)को सचिवालय बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ । एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बैठकमा समसामयिक राजनीति लगायत सुकुमवासीका सवालमा छलफल हुने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “पर्सी दिउँसो सचिवालय बैठक बस्दैछ । बैठकमा समसामयिक राजनीति, सुकुमवासीका सवाल एवम् जनपक्षीय विषयमा छलफल हुने छ ।”
उहाँका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्ने छ । बैठक अध्यक्ष ओलीको निजी निवास गुण्डु बस्ने कि पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय नभएको उहाँले बताउनुभयो ।
३१ बैशाख २०८३, बिहिबार ०५:२१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com