info@nawayug.com

सुन भाउ घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ २ सय रुपैयाँ मात्रै घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएकोे थियोे ।

आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया