काठमाण्डौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँट गर्ने सहमति गरेका छन् ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् । मधेश र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ । दुवै दलले राजनीतिक स्थिरता, सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन् ।
कांग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेश र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ ।
ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ । त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन । पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com