info@nawayug.com

स्वर्णिमले भने-सरकारले संविधानमाथि छेडखानी गर्ला भन्ने शङ्का नगर्नुस्

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संविधानप्रति वर्तमान सरकारको पूर्ण वफादारी रहेको बताएका छन् । 

बिहीबार अर्थ मन्त्रालयमा बसेको अन्तर–सरकारी वित्त परिषद्को बैठकमा अर्थमन्त्री वाग्लेले संविधानलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने र अधुरा विषयहरूलाई सहमतिमार्फत नै संशोधन गरिने समेत बताए।

करिब दुई तिहाइ नजिकको सरकारले संविधानमाथि छेडखानी गर्ने हो की भन्ने आशङ्का नगर्न उनले आग्रह गरे  । मन्त्री वाग्लेले संविधानले नै संशोधनको विधि तय गरिदिएको अवस्थामा त्यसैलाई टेकेर सरकारले अघि बढ्ने स्पष्ट पारे ।

उनले नेपालको संघीय व्यवस्था अनुसार वित्त बाँडफाँटको विषयलाई अधिकार मात्रै नभई क्षमतालाई पनि सँगै जोड्न आवश्यक रहेको उल्लेख गरे । 

उनले चालु आर्थिक वर्षमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकोमा आन्तरिक र बाह्य प्रतिकूलताहरूले लक्ष्य हासिल गर्न निकै चुनौती देखिएको बताए । 

त्यस्तै उनले प्रदेश र स्थानीय तहमा रास्वपाको उपस्थिति नरहे पनि सबैसँग मिलेर नै अघि बढ्ने प्रतिबद्धता जनाए  ।  

प्रतिक्रिया