काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना हुनुभएको छ ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार उपसभामुख ठाकुरलाई बुधबार बिहान अर्धचेत अवस्थामा अस्पताल ल्याइएको थियो । पाठकले उपसभामुखको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी दिनुभयो ।
अहिले उहाँको विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा के कस्तो समस्या देखिएको हो भन्ने बारे विस्तृत परीक्षण भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
१६ बैशाख २०८३, बुधबार ०२:१३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com