काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेको छ । चाँदीको भाउ घटेको छ ।
सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेका हो । भाउ बढेर सुन आज तोलाको दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ८७ हजार ४०० रुपैयाँ रहेको थियो ।
चाँदी आज तोलामा ३५ रुपैयाँले घटेको छ । शुक्रबार तोलाको चार हजार ५१० रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको चार हजार ४७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
२८ असार २०८३, आईतबार १२:०४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com