info@nawayug.com

ठमेलबाट १७ करोडभन्दा बढी रकम ठगी प्रकरणमा चिनियाँ पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत नेपाली नागरिकसँग सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर रकम ठगी गर्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार ३५ वर्षीय चिनियाँ नागरिक जु यी फेङले ठगीबाट संकलित रकमलाई अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) मा रूपान्तरण गरी कारोबार गर्ने गरेका थिए ।

प्रहरीले काठमाडौं महानगरपालिका–२६, ठमेलबाट उनलाई नियन्त्रणमा लिएको हो । उनीबाट नेपाली १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्रा (युएसडीटी), तीन थान मोबाइल तथा रकम पठाउन प्रयोग हुने ‘इन्टरनेसनल एक्स्प्रेस’ सम्बन्धी कागजात बरामद गरिएको छ ।

उनीमाथि अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया