info@nawayug.com

जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी

बैतडी । जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आइतबार दिउँसो आगलागी भएको छ ।

दिउँसो करिब साढे ३ बजेतिर सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा अपराह्‍न ४ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री तथा लिलामी प्रक्रियामा रहेका सामग्रीहरू राखिएका  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।

गोदाम नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन ।आगो कसरी सल्किएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूको भनाइ छ ।  

प्रतिक्रिया