info@nawayug.com

म्याग्दीमा महशिकार शुरु

काठमाण्डौं । म्याग्दीमा मह सिकार शुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो ।

धवलागिरि गाउँपालिका–२ खोरीयाका महशिकारी मोतीप्रसाद पाइजाले हिजोदेखि महशिकार थालिएको जानकारी दिनुभयो । खोरीया नजिकैको महभीरमा रहेका दुई घारमा १५ जनाको टोलीले हिजो झण्डै ७० लिटर मह निकालेको छ । बेँसीका भीरबाट शुरु हुने मह शिकार असारमा लेकको पहाडमा पुगिने अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले बताउनुभयो ।

मह शिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भीरमा झुन्डिएर मह निकाल्ने गर्छन् । वसन्त र शरद ऋतु महशिकारका लागि उपयुक्त समय मानिन्छ । प्रतिलिटर तीन हजार देखि तीन हजार ५ सय रुपैयाँका दरले भीर मह बिक्री हुने गर्छ ।

प्रतिक्रिया