इरानले केही हप्ताभित्रै चीनमा निर्मित काँधबाट प्रहार गर्न सकिने हवाई प्रतिरक्षा क्षेप्यास्त्र लन्चरहरूमध्ये पहिलो खेप प्राप्त गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकासँगको द्वन्द्वका बीच इरानले आफ्नो प्रतिरक्षा प्रणाली सुदृढ गरिरहेको छ । ६ देखि ७ करोड अमेरिकी डलर मूल्यको यो खरिद कार्य इरानले आफ्ना छोटो दूरीका हवाई प्रतिरक्षा प्रणाली सुदृढ पार्न चालेका अहिलेसम्मका सबैभन्दा ठूला कदमहरूमध्ये एक हो ।
अमेरिका र इजरायलसँगको द्वन्द्व शुरू भएपछि इरानको सैन्य अखडा तथा रणनीतिक पूर्वाधारहरूको सुरक्षा गर्ने क्षमतामा रहेका कमजोरीहरू उजागर भएका थिए ।
यस सम्झौतामा चिनियाँ क्यूडब्ल्यू–१२ र एफएन–१६ क्षेप्यास्त्रहरूलगायत ३०० देखि ४०० वटा ‘म्यानप्याड्स’ अर्थात् काँधबाट प्रहार गर्न मिल्ने हतियारको खरिद समावेश रहेको खबरमा उल्लेख छ ।
यो सम्झौता हङकङमा रहेको कम्पनी ’झोङकिङ बाओसाङ इन्टरनेशनल इन्भेस्टमेन्ट’ सँग भएको हो । यो कम्पनीले इरानी पक्ष र चिनियाँ आपूर्तिकर्ताबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।
यसैबीच चीनको विदेश मन्त्रालयले सम्बन्धित प्रतिवेदनहरू पूर्णतया आधारहीन रहेको बताएको छ । चीनले शान्ति प्रवद्र्धन गर्न र द्वन्द्व अन्त्य गर्न निरन्तर भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com