info@nawayug.com

पहिरोले डोजर पुरिँदा चालकको गयो ज्यान

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा शुक्रबार पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिएको हो ।

सोही डोजर चलाइरहेका चालक रघुगंगा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा पहिरो खसेर डोजर र चालकलाई पुरेको थियो ।

प्रहरी र स्थानीयवासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकालेका थिए ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक९इन्स्पेक्टर० सा

प्रतिक्रिया