info@nawayug.com

एक्लै प्रहरीकाे गाडी छेक्ने युवती

काठमाण्डौं । भारतमा चलिरहेको कक्रोच आन्दोलनका क्रममा एक युवतीले प्रहरीको भ्यान छेकेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ ।

कुनै फिल्मी दृश्यजस्तै लाग्ने भिडियो कक्रोज जनता पार्टी (सीजेपी) को आधिकारिक 'एक्स' खातामा पनि छ । भिडिओमा २७ वर्षकी रिया अहिर मुम्बईको शिवाजी पार्क नजिकै गुडिरहेको प्रहरी भ्यान अगाडि उभिएकी छन् ।

प्रहरीले पक्राउ परेका प्रदर्शनकारीलाई लिएर जान खोज्दा उनले दुवै हात गाडीमा राखेर बाटो छेकिन् । गाडी अगाडि बढाउन खोजे पनि युवतीले बाटो नछाडेपछि प्रहरीले बाध्य भएर भ्यान रोक्यो । त्यसपछि भित्र रहेका केही प्रदर्शनकारी बाहिर निस्किए ।

सामाजिक सञ्जालमा धेरैले रियाको हिम्मतको प्रशंसा गरिरहेका छन् । राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा दिल्लीबाट शुरू भएको विद्यार्थी आन्दोलन भारतका धेरै ठाउँमा फैलिएको छ ।

प्रतिक्रिया