info@nawayug.com

शेयर बजार सामान्य बढ्यो, साढे ४ अर्बको कारोबार

काठमाण्डौं । हिजो घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ६३ अङ्कले बढेर २ हजार ७०२ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, होटल तथा पर्यटन, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक बढेका छन् । आज ११६ वटा कम्पनीका शेयर बढेकामा १४० वटाको घटेका छन् । यस्तै १७ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।

आज बुङ्गल हाइड्रोको शेयर झन्डै साढे १२ प्रतिशतले घटेको छ । बजार सामान्य बढेको दिन अपोलो हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम बढेको छ । हिजो ३ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिक्रिया