काठमाडौं । नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा दुई समूहबीच हुनसक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि शान्ति सुरक्षा कायम राख्न प्रहरीले पूर्वसावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी अधिकारीहरूका अनुसार, प्रदर्शन स्थल नजिकै अशान्ति फैलाउने प्रयास गरिरहेको अवस्थामा ती ६ जनालाई नियन्त्रणमा लिइएको हो ।
हालसम्म स्थिति नियन्त्रणमै रहेको र अन्य कुनै अप्रिय घटना नघटेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
२३ जेठ २०८३, शनिवार ०४:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com