मकवानपुर । हेटौँडा–४ कर्राचोकमा बिजुलीको पोलबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–६ घर भई हाल हेटौंडा–१ चौकीटोल बस्ने १८ वर्षीय भुवन चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा बिजुलीको पोल चढेर इन्टरनेटको तार जोड्ने क्रममा पोलबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उपचारको क्रममा साँझ ५ बजेर ३० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१० चैत २०८२, मङ्गलबार १०:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com