info@nawayug.com

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । यसअघि राष्ट्रपतिले यो अध्यादेश पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएको थियो । यसअघि सरकारले सिफारिस गरेका आठ अध्यादेशहरु राष्ट्रपतिले जारी गरिसक्नु भएको छ ।

सरकारले हिजो फेरि दोस्रो पटक यो अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिलाई पठाएको थियो । अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जनाले नै निर्णय गर्नसक्ने प्रावधान राखिएको छ । संवैधानिक परिषद्का केवल ३ सदस्यबाट नै निर्णय हुन सक्ने अवस्था सिर्जना गर्ने भन्दै यसको आलोचना पनि भइरहेको छ ।

योसँगै राष्ट्रपतिले सरकारले पठाएका जम्मा ८ वटै अध्यादेश जारी गर्नुभएको छ । जारी भएका अध्यादेश अब संघीय संसद्मा पेश हुनेछ । 



प्रतिक्रिया