काठमाण्डौं । आज मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङ, हावाहुरी, असिनासहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बिहानपख केही ठाउँमा मौसम सफा रहे पनि दिउँसो धेरैजसो ठाउँमा बदली हुने अनुमान छ । दिउँसो देशका धेरैजसो ठाउँमा साधरणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार र बिहीबार हावाहुरीसहित वर्षा गराएको प्रणाली पूर्वबाट बाहिरिए पनि अरू स–साना प्रणाली कायमै रहेको मौसमविद् हरिप्रसाद दहालले जानकारी दिनुभयो । उहाँका अनुसार अबको एक हप्ता देशका विभिन्न ठाउँमा मध्यम र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै छ ।
विशेषगरी यो हप्ता कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशमा पानी पर्न सक्ने अनुमान छ । तराईमा शीतल महसुस हुनेछ । उच्च हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको पनि सम्भावना छ ।
प्रि–मनसुनमा वर्षासँगै मेघ गर्जनरचट्याङ र हावाहुरी पनि चल्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com