काठमाडौं । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको पनि मृत्यु भएको छ । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
विराटनगरको न्युरो अस्पतालमा उपचारकै क्रममा रहेका देवानगन्जकै २२ वर्षीय जयप्रकाश मेहताको आज दिउँसो मृत्यु भएको हो ।
प्रहरीले चलाएको गोली उनको पेटमा लागेको थियो ।
मोरङ प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार उपचारकै क्रममा रहेका उनको मृत्यु भएको हो । यसअघि आइतबार प्रहरीको गोलीले एक युवाको मृत्यु भएको थियो । त्यसराति देवानगन्जमा भएको घटनामा ८ युवा प्रहरीको गोली लागेर घाइते भएका थिए ।
१४ साउन २०८३, बिहिबार ०४:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com