काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव २७ अङ्कले घटेर २ हजार ७३५ दशमलव १४ विन्दुमा झरेको छ ।
आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक १ दशमलव ७७ प्रतिशतले ओरालो लागेको छ । आज २२२ वटा कम्पनीको शेयर घटेकामा ४२ वटाका बढेका छन् । यस्तै ६ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।
आज उपकार लघुवित्तको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको शुक्रवार ५ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३५६ वटा कम्पनीका ९२ लाख ३६ हजार कित्ता शेयर ४ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।
२५ जेठ २०८३, सोमबार ०४:२२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com