काठमाडौं । बक्सअफिसमा ब्लकबस्टर चलचित्र ‘गौँथली’ले हालसम्म साढे २५ करोडभन्दा धेरै रुपैयाँ ग्रसकलेक्सन गरेको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आइतबारसम्म २५ करोड ५ लाख ६५ हजार ७७२ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
आइतबारसम्म यो चलचित्र नौ लाख नौ हजार ४२६ जना दर्शकले हेरेका चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकमा उल्लेख छ ।
यो चलचित्र नेपाली सिनेमा उद्योगमा हालसम्म सबैभन्दा धेरै कमाउने सिनेमाको सूचीमा दोस्रो स्थानमा आइपुगेको छ । ‘कबड्डी–४’को नाममा रहेको दोस्रो स्थानको रेकर्ड यो चलचित्रले उछिनेको हो । पहिलो स्थानमा ‘पूर्ण बहादुरको सारङ्गी’ छ ।
डा. कपिल रिजालको निर्देशन रहेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय छ ।
यसैबीच, चलचित्र ‘हली’ले आतइबारसम्म २२ लाख ९६ हजार ९२० रुपैयाँ ग्रसकलेक्सन गरेको छ । आठ हजार ३८५ वटा टिकट बिक्री भएका छन् ।
निर्देशक ओम प्रतीकसहित यो चलचित्रमा चलचित्रमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ । ‘हली’ यही साउन २२ गतेबाट प्रदर्शनमा आएको थियो ।
चलचित्र ‘लज्जावती’ले सात लाख ६८ हजार ४५० रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा मुकुन भुसाल र श्री कृष्ण निरौला मुख्य भूमिकामा छन् ।
‘लज्जावती’ साउन २९ गतेदेखि हलमा प्रदर्शन आएको थियो । प्रेम कथामा आधारित चलचित्रलाई निर्देशक राजबहादुर सानेले निर्देशन गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com