काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको थियो । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७१० रुपैयाँ थियो ।
३२ साउन २०८३, सोमबार ०१:३७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com