info@nawayug.com

निर्वाचनपछि पहिलोपल्ट गगन थापा सर्लाही–४ मा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही गएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् ।

सभापति थापा सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा उठेका थिए । निर्वाचन परिणाम उनको प्रतिकूल आएको थियो । उनलाई रास्वपा उम्मेदवार उमरेश कुमार सिंहले हराएका थिए ।

सभापति थापाको सचिवालयले निर्वाचनपछि पहिलो पटक सर्लाही आएको जनाएको छ । सचिवालय सदस्य शंकर कुइँकेलका अनुसार सभापति थापा सर्लाही–४ मा कांग्रेसको ‘जरा अभियान’ मा सहभागी हुने कार्यक्रम छ ।

सभापति थापाले सर्लाही–४ का मतदाताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम पनि छ । उनी बिहीबार काठमाडौं फर्कने बताइएको छ ।

प्रतिक्रिया