काठमाण्डौ । आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ठूलो पानी परेको बेलामा बाढी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरीसमेत चल्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाको आग्रह छ ।
राति पनि कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने अनुमान छ । गएराति पनि काठमाण्डौसहित केही ठाउँमा ठूलो पानी परेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com