नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका–४ स्थित जयश्री खोलाको भंगभंगे तालमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा तालमा डुबेर गैँडाकोट–१ नवदुर्गा टोलकी मनिषा थापाको ११ वर्षीया छोरी सजिना थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।
सजिना वेपत्ता भएको खबर पाउना साथ उद्धारका लागि गएको प्रहरी टोलीले पानीको दहबाट शव निकालेको थियो । बालिकाको शब पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाइएको प्रहरीले जनाएको छ ।
४ जेठ २०८३, सोमबार ०५:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com