काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकिदवसीय शृङ्खलामा ओमानले नेपाललाई ३०६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेटमा टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनायो । ओमानका कप्तान जतिन्दर सिंहले शतक बनाए । जतिन्दर ९६ बलमा १३० रन आउट भए । नेपालका सोमपाल कामीले ४ विकेट लिए ।
घरेलु मैदानमा भइरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा गएको शनिवार नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३७ रनले हराएको थियो । यस्तै अस्ति सोमवार भएको खेलमा यूएईले ओमानलाई २५ रनले हराएको थियो । अहिले खेलिरहेका ३ वटै टोलीले २–२ खेल खेल्नेछन् ।
८ वटा देश सहभागी लिग–टुमा नेपाल २१ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । यस्तै ओमान २५ खेलमा २९ अङ्कसहित तेस्रो र यूएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ ।
१६ बैशाख २०८३, बुधबार ०१:५४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com