काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि संसद् बैठक दोस्रो पटक स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरूले बैठकमा अवरोध गर्नुभएपछि बैठक ३ः३० बजे १५ मिनेटका लागि पुनः स्थगित भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी गराउनुभयो ।
प्रतिपक्षी दलहरुमा नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरूले सामूहिकरुपमा विरोध जारी राख्नुभएको छ । छलफलपछि बैठक पुनः सुचारु हुने नहुने अन्यौल कायमै छ । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ ।
३० बैशाख २०८३, बुधबार ०३:४७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com