info@nawayug.com

विपक्षीहरूको निरन्तर अवरोधपछि तेस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डौं । प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले अवरोध गरेपछि आज तेस्रो पटक बसेको बैठक पनि स्थगित भएको छ ।

लगातार दुई पटककै बैठकमा अवरोध गरेका विपक्षी दलहरूले तेस्रो पटक बसेको बैठकमा पनि अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफल तथा जवाफ दिने कार्यसूचीमा समेत प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

प्रतिनिधिसभाको आजको कार्यसूची सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले संसदमा जवाफ दिन लागेको चर्चा चलेको थियो । तर संसद् बैठक शुरू हुँदासम्म मन्त्रिपरिषद् बैठक चलाइरहेका प्रधानमन्त्री संसदमा जानुभएन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री खोज्दै गर्दा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई छलफल प्रारम्भको प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिनुभयो । त्यसपछि विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरे ।

प्रतिक्रिया