बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेका हुन् ।
उनलाई सुरुमागम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको उक्त अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए । मङ्गलबार बोहरागाउँ स्वास्थ्यचौकीमा सुत्केरी भएकी उनलाई राति अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पतालमा ल्याइएको थियो ।
बुर्तिबाङ अस्पतालमा प्रारम्भिक प्ररीक्षण गर्दा सुनारको पेटमा रगत जमेको पाइएको थियो । उनी प्राकृतिक रुपमा सुत्केरी भएकी थिइन् । आमाको मृत्यु भए पनि शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।
सुरुमा काठमाडौँ लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मणिपाल अस्पतालमा ल्याइएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com