काठमाडौं । नेपाली किकबक्सिङ खेलाडी अविरल घिमिरे (हिमालयन चितुवा) ले ले K-1 Cross 188 किकबक्सिङ च्याम्पियनसिप जित्दै विश्व कीर्तिमान कायम गरेका छन् ।
जापानमा सम्पन्न उक्त प्रतिष्ठित प्रतियोगितामा घिमिरेले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् । प्रतिस्पर्धात्मक खेलमा उनले आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित बनाएका छन् ।
यो जितसँगै घिमिरेले किकबक्सिङ क्षेत्रमा नयाँ इतिहास रचेका छन् । उनी यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए र लगातार सफलताले उनलाई विश्वस्तरमा चिनिएको खेलाडी बनाएको छ ।
‘हिमालयन चितुवा’ उपनामले परिचित घिमिरेले कडा प्रशिक्षण र निरन्तर मेहनतका कारण यो उपलब्धि हासिल गरेको जनाइएको छ । यस जितले नेपाली किकबक्सिङ खेललाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउने विश्वास गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com