info@nawayug.com

निशुल्क खाद्यान्न सामग्री वितरण औपचारिक रुपमा शुभारम्भ

मकवानपुर । शनिबार हेटौैंडा–१८ स्थित श्री वैदिक संस्कृत गुरुकुलममा ‌निशुल्क खाद्यान्न सामग्री वितरण कार्यक्रम औपचारिक रुपमा शुभारम्भ गरिएको छ । शनिबार एक कार्यक्रमका बिच जगद्गुरूत्तम श्री कृपालु जी महाराजको पावन स्मृतिमा श्री वैदिक संस्कृत गुरुकुलम‌मा अध्ययनरत विद्यार्थीहरुका लागि निःशुल्क खाद्यान्न वितरण कार्यक्रम औपचारिक रुपमा शुभारम्भ गरिएको छ ।

उक्त अवसरमा श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र र श्री वैदिक संस्कृत गुरुकुलम्‌बीच एक वर्षका लागि निःशुल्क खाद्यान्न सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रका व्यवस्थापक निरज निरौला र श्री वैदिक संस्कृत गुरुकुलम व्यवस्थापन सामितिका अध्यक्ष सिता बिष्टले हस्ताक्षर गर्नभएको हो ।

समझदारी अनुसार गुरुकुलममा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यक खाद्यान्न सामग्री मासिक रुपमा निःशुल्क उपलब्ध गराइने जनाइएको छ । समझदारी पत्र अनुसार खाद्यान्न सहयोगसँगै विद्यार्थीहरुको भोजन व्यवस्थापन, संगीत प्रशिक्षण तथा विभिन्न सामाजिक एवं आध्यात्मिक गतिविधिमा समेत सहकार्य गरिने उल्लेख गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका वडा नं १८ का अध्यक्ष अनिल बानियाँले धार्मिक तथा शैक्षिक संस्थाहरुबीचको सहकार्यले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउँदै विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरी, कार्यक्रमका सभाध्यक्ष श्री राधा माधव समिति नेपालका कार्यवाहक अध्यक्ष सुरेश प्रकाश आचार्यले संस्कृत शिक्षा संरक्षण र विद्यार्थीहरुको आधारभूत आवश्यकतामा सहयोग पु¥‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

श्री जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्र एवं डिभाईन युथ क्लब नेपाल हेटौंडाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया