काठमाण्डौं । लगातार चार कारोबार दिन घटेर हिजो स्थिर रहेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ०६ अङ्कले घटेर २ हजार ७०० दशमलव ४७ विन्दुमा झरेको छ ।
आज बैंक, फाइनान्स, माइक्रोफाइनान्स, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । आज १८२ वटा कम्पनीका शेयर घटेकामा ७६ वटाका बढेका छन् । यस्तै १४ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।
आज ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१ साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन अपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको शेयर १५ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीका ७७ लाख ४३ हजार कित्ता शेयर ३ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।
४ असार २०८३, बिहिबार ०५:२७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com