info@nawayug.com

हेटौंडाबाट एसईई परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर । एसईई परीक्षामा सहभागी नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रमा अंकित श्रेष्ठ बनेर परीक्षा दिने विराज विक पक्राउ परेका हुन् ।

पक्राउ परेका विकले ५ हजार रूपैयाँको प्रलोभनमा श्रेष्ठको परीक्षा दिएको पाइएको मकवानपुरका सीडीओ वसन्त अधिकारीले बताए । प्रहरीले नक्कली परीक्षार्थीबारे मुचुल्का तयार गरी आवश्यक कारबाही सुरु गरेको छ ।

अंकित अघिल्लो वर्ष पनि फेल भएकाले यसवर्ष पास हुन अरुलाई प्रयोग गरेको पाइएको छ ।

प्रतिक्रिया