काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१८, गैरीचौतारास्थित फेवातालमा एउटा कार खस्दा दुईजनाको मृत्यु भएको छ । दुईजनाको भने सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
शुक्रबार (भदौ १९) बिहान करिब ५ बजे पोखराको लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार अनियन्त्रित तालमा खसेको सशस्त्रका प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
कारमा सवार भारतका २६ वर्षीय नवदीपकुमार यादव र २६ वर्षीय प्रियान्सु पाण्डेको मृत्यु भएको हो । सशस्त्र प्रहरीले उनीहरूलाई अचेत अवस्थामा बाहिर निकालेको थियो ।
त्यसपछि उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थिये । उपचारका क्रममा बिहान ६:२० बजे उनीहरूको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
कारमा सवार भारतका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई नेपाल प्रहरी र स्थानीय वासिन्दाले उद्वार गरी उपचारको लागि पोखरास्थित जिएमसी अस्पताल पुर्याएका छन् । उनीहरूको अवस्था भने मध्यम रहेको जनाइएको छ ।
घटनालगत्तै सशस्त्रको गोताखोरसहितको टोली उद्धारमा खटिएको थियो । तालमा खसेको कारलाई क्रेनको माध्यमबाट बाहिर निकालिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com