info@nawayug.com

आईफोन नदिएको विवादमा बागलुङका १७ वर्षीय किशोरको हत्या

बागलुङ  ।  आईफाेन नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ ।

यही साउन १ गते असिम वनको जन्मदिन मनाउन गएका थापाको गएको बिहीवार स्थानीय मनखोलामा शव फेला परेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय किशोर र १५ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जन्मदिन मनाउने क्रममा साथीहरू मिलेर राति अबेरसम्म जाँड–रक्सी खाएको र घर फर्कने क्रममा मोबाइलका विषयमा झगडा हुँदा कुटपिट गरी थापाको हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो । लजिन थापासँग रहेको आइफोन माग्दा नदिएपछि उनीहरूबीच झगडा भएको देखिने उहाँले बताउनुभयो ।

हप्ता दिनसम्म लजिनको अवस्था पत्ता नलागेपछि प्रहरीले प्राविधिक विज्ञ, तालिम प्राप्त कुकुर, ड्रोन क्यामेरालगायतको सहयोगबाट खोजी शुरू गरेको थियो ।

काठमाण्डौको धुम्रबाराहीमा रहेकोसाइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही समयअघि घर आएका थिए ।

प्रतिक्रिया