हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले खाली ट्रक चालकसहित बगाएको छ। ट्रकका चालक घाइते भएका छन्।
घाइते चालकको खुट्टामा चोट लागेको छ। चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर बाढीबाट आफैं निस्केका थिए।
हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्कने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक चालकसहित बगेको थियो।
ट्रक बगेको स्थानमा खोला तर्न ह्युम पाइप हाली बनाएको कल्भर्ट ९लच्कामा० मा पानीको बहाव बढ्न गई चालकसहित बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चालकको हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित मेडिकलमा उपचार भइरहेको छ। ट्रक खोलामै छ। खोलाबाट ट्रक निकाल्ने पहल भइरहेको प्रहरीले जनाएको छ।
२९ असार २०८३, सोमबार ०३:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com