info@nawayug.com

वर्षाअघि मलको व्यवस्था गर्न विपक्षी तीन दलको माग

काठमाडौं । विपक्षी तीन दलले वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन सरकारसँग माग गरेका छन् ।

बिहीबार बिहान नेकपा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको कांग्रेस र नेकपासहितको बैठकले अमेरिका-इरान द्वन्द्वका कारण थप अभाव हुने अवस्था रहेको भन्दै सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने निष्कर्ष निकालेको हो ।

‘प्रत्येक वर्ष अभाव हुने रासायनीक मल यस वर्ष अमेरिका – इजरायल र इरानबीच भैरहेको युद्धका कारण थप अभाव हुने अवस्था सिर्जना भएको छ,’ निर्णयमा भनिएको छ, ‘त्यसैले यो अवस्थातर्फ सरकार गम्भीर भई वर्षे सिजनका लागि आवश्यक पर्ने रासायनीक मलको चाँजोपाँजो समयमै मिलाउन माग गर्दछौं ।’

प्रतिक्रिया