info@nawayug.com

निर्माण व्यवसायी महासंघको नेतृत्वका लागि आज निर्वाचन हुँदै

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको १३औँ महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

गत मंगलबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी २६औँ साधारण सभामा नेतृत्वका लागि आज निर्वाचन हुन लागेको हो ।

महासंघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कालिका कन्सट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामा प्यानलसहित प्रतिस्पर्धामा छन् ।

लामा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै, पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दर्ता गरेका छन् ।

अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया