काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन सदस्यको राजीनामा स्वीकृत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष श्रीमण कुमार गौतम तथा सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सो जानकारी दिइन्।
यसैबीच, बृहत्तर लुम्बिनी विकास परियोजनाका लागि विश्व बैंकबाट करिब ८५ अर्ब रुपैयाँ ऋण लिने निर्णय पनि गरिएको छ।
त्यसैगरी, ललितपुरको पुल्चोकस्थित जलश्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई गोदावरी सार्ने निर्णय गरिएको छ।
२४ चैत २०८२, मङ्गलबार ०५:१८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com