काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक लाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत मा उपस्थित गराइएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्दकुमार श्रेष्ठ को इजलासमा म्यादसम्बन्धी निवेदनमाथि सुनुवाइ हुने तयारी गरिएको छ ।
न्यायाधीश श्रेष्ठ अदालत पुगिसकेका छन् । प्रतिरक्षामा रहेका कानुन व्यवसायीहरूले इजलासमा उपस्थित भई बहस गर्ने जनाएका छन् । यद्यपि, प्रहरी र सरकारी वकिलको कार्यालयबाट आवश्यक फाइल नआएकाले केहीबेर प्रतीक्षा गर्न इजलासले निर्देशन दिएको छ ।
फाइल नपुगेसम्म लेखकलाई अदालतकै रजिष्ट्रारको कार्यकक्षमा राखिएको छ । अदालत परिसर बाहिर समर्थकहरूले प्रदर्शन गर्न सक्ने सूचनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई भने स्वास्थ्य अवस्था अनुकूल नभएकाले अदालतमा उपस्थित गराउन कठिन भएको बताइएको छ । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल का अनुसार ओलीलाई भिडियो कन्फ्रेन्सिङमार्फत न्यायाधीशसामु उपस्थित गराउने तयारी गरिएको छ ।
ओली र लेखक दुवैलाई थुनामा नराख्नुपर्ने मागसहित बहस गर्ने तथा बहस अवलोकन गर्ने कानुन व्यवसायीहरूको उल्लेख्य उपस्थिति अदालत परिसरमा देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com