info@nawayug.com

महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिनः राउत

काठमाडौं । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको बताउनुभएको छ ।

सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उहाँले विगतका केही महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्यौटको काममा आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार कतिपय फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएको अवस्था छ । यसले बेरुजु फस्यौटको काम प्रभावित भएको छ ।

सचिव राउतले विगत करिब दुई वर्षसम्म कायम रहेको कानुनी अस्पष्टताका कारण पनि बेरुजु रकम बढेको बताउनुभयो । कानुनी अन्योलका कारण समयमा फस्‍यौट हुन नसक्दा बेरुजुको दायरा विस्तार भएको उहाँको भनाइ थियो ।

उहाँले हाल मन्त्रालयले कानुनबमोजिम ‘बेरुजु फस्‍यौट समिति’ गठन गरी नियमित रूपमा काम गरिरहेको जानकारी दिनुभयो । मन्त्रालय तथा मातहत निकायका प्रमुख र लेखा प्रमुखहरूसँग निरन्तर छलफल गरेर कार्ययोजनाअनुसार बेरुजु फस्‍यौट प्रक्रिया अघि बढाइएको सचिव राउतले बताउनुभयो ।

उहाँकाअनुसार मन्त्रालयले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया