info@nawayug.com

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सीसी क्यामेरा जडान हुने

काठमाण्डौं । काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा सीसीटीभी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा क्यामेरा जडान हुने भएको हो ।

समझदारीमा नगरपालिकाका मेयर घनश्याम गिरी र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गर्नुभयो ।

मेयर गिरीले काठमाण्डौ उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुङ्गा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताउनुभयो । क्यामेरा जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने उहाँको विश्वास छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र पालिकाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

अहिले चन्द्रागिरि नगरपालिकाभित्र झन्डै ४०० सीसी क्यामेरा जडान भएका छन् ।

प्रतिक्रिया