info@nawayug.com

डा. केसीको ‘स्वस्पर्श’लाई ‘पारिजात कृतिसम्मान’को घोषणा

काठमाडौं । पारिजात स्मृति केन्द्रले यसै वर्षदेखि स्थापना गरेको ‘पारिजात कृतिसम्मान’ पहिलोपटक साहित्यकार तथा चिकित्सक डा. नवराज केसीको निबन्धकृति ‘स्वस्पर्श’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

केन्द्रका महासचिव दिलकृष्ण श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको ‘स्वस्पर्श’लाई कृतिसम्मान प्रदान गर्ने घोषणा गरेको हो । पारिजातको साहित्यिक योगदानलाई सम्मान गर्दै सिर्जनशील लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रले यस वर्षदेखि ‘पारिजात कृतिसम्मान’ स्थापना गरेको विज्ञप्तिमा उल्लेख छ । 

छनोट समितिले पहिलो चरणमा आख्यान, निबन्ध र कविता विधाका आठ कृतिलाई अन्तिम सूचीमा समावेश गरेको थियो । आख्यानतर्फ अर्चना थापाको ‘अग्निगर्भा’, केशवराज ज्ञवालीको ‘अज्ञात’, दीपा दाहालको ‘विजयिनी’, श्रवण मुकारुङको ‘सलह’ र नवीन अभिलाषीको ‘दहाड’ छनोटमा परेका थिए । 

निबन्धतर्फ डा. नवराज केसीको ‘स्वस्पर्श’ र भूपिनको ‘मध्यको उज्यालो’ तथा कविता विधातर्फ रिमा केसीको ‘बगावतनामा’ अन्तिम सूचीमा परेका थिए । 

केन्द्रले ‘पारिजात कृतिसम्मान–२०८२’ यही साउन १० गते आयोजना हुने कार्यक्रममा प्रदान गर्ने जनाएको छ । 

प्रतिक्रिया