मकवानपुर । मकवानपुर जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीमध्ये ५० दशमलव ९९ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। सार्वजनिक नतिजाअनुसार कुल ५ हजार ५ सय २७ परीक्षार्थीमध्ये २ हजार ८ सय १८ जनाले ग्रेड प्राप्त गरेका हुन्।
यस्तै, २ हजार ७ सय ९ जना विद्यार्थी भने नन–ग्रेडेड भएका छन्। जिल्लाभर सञ्चालन गरिएको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म चलेको थियो।
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा अपेक्षाकृत छिटो प्रकाशित गर्न सफल भएको सम्बन्धित पक्षले जनाएको छ।
२९ बैशाख २०८३, मङ्गलबार १०:२९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com