info@nawayug.com

२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयद्वारा विध्यालयहरूसंगको सहकार्यमा २० जना विपन्न विध्यार्थीलाई निस्शुल्क पढाउने भएको छ । ४ नं. वडा कार्यालय, भुटनदेवी मावि र आधुनिक राष्ट्रिय मावि, हेटौँडा-४ बीच शैक्षिब वर्ष २०८३ देखि निरन्तर लागूहुने गरि यस्तो सम्झौतारप्रतिबद्वता भएको हो ।

सम्झौतारप्रतिबद्वता पत्रमा ४ वडा अध्यक्ष नवीन सिग्देल, वडा सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी मावि, हेटौँडा-४ को तर्फबाट प्रअ सूर्यप्रसाद घिमीरे र आधुनिक राष्ट्रिय मावि, हेटौँडा-४ को तर्फबाट प्रअ रामसागर गुरागाईँले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा छात्रवृत्तिको मापदण्डमा अति विपन्न, दलित, सिमान्तकृत, द्वन्द पिडीत, भूमीहिन, अभिभावक विहिन, सडक बालबालिका, साथै विशेष प्राथमिकताका क्षेत्र जस्तै विद्यालयले सञ्चालन गर्ने खेलकूद, अतिरिक्त क्रियाकलापमा उत्कृष्ठता हासिल गर्ने छात्र/छात्रा उल्लेख गरिएको छ ।

दुवै विध्यालयमा १०/१०जना कक्षा ११ र १२ का बिद्यार्थीहरुलाई ६ महिनाको मासिक सहयोग शुल्क र भर्ना शुल्क वडा कार्यालयबाट र विध्यालयले ६ महिनाको मासिक शुल्क छुट दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । विध्यालय यहि शैक्षिक वर्ष २०८३ देखि कार्यान्वयनमा ल्याउने, शैक्षिक वर्ष शुरूवातसंगै नवीकरण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

आर्थिक अभाव कारणले विध्यार्थी पढाईबाट बच्चित नहोउन भन्ने मूख्य उदेश्यले पुर्ण रूपमा निस्शुल्क छात्रबृद्विको व्यवस्था गरिएको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो ।

प्रतिक्रिया