info@nawayug.com

मधेसकी चेली ठाकुरलाई उपसभामुखमा अघि सार्दै राई

काठमाडौं । श्रम संस्कृति पार्टी का सांसद आर्यन राई ले ‘जेनजी आन्दोलन’ले देखाएको मार्गलाई आत्मसात गर्दै रुवी कुमारी ठाकुर लाई उपसभामुख पदका लागि अघि सारेको बताएका छन्।

प्रतिनिधि सभामा ठाकुरको उम्मेदवारी प्रस्ताव गर्दै राईले उनलाई मधेसकी चेली तथा जेनजी समूहको प्रतिनिधिका रूपमा प्रस्तुत गरेका हुन्।

उनले आफ्नो पार्टीलाई केवल पूर्व केन्द्रित भन्ने धारणा तोड्न मधेसकी उम्मेदवार अघि सारिएको उल्लेख गरे। साथै, श्रम संस्कृति पार्टी जात, धर्म, वर्ग र लिङ्गबीच एकता कायम गर्दै अघि बढ्ने नीति लिएको पनि उनले स्पष्ट पारे।

राईले उपसभामुखमा निर्वाचित भएमा ठाकुरले नेपालको न्याय र समावेशिताको पक्षमा दृढ रूपमा उभिने विश्वास व्यक्त गरे।


प्रतिक्रिया