हेटौँडा । ११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृतक मकवानपुरको थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली रहेको जनाइएको छ।
आइतबार बिहान करिब ६स्१५ बजे गोपाली मृत अवस्थामा फेला परेका थिए। घटनास्थल वरपर रगत देखिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो।
घटनाको थप अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्र्याकर डगसहितको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
१० साउन २०८३, आईतबार ०२:४२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com